लमजुङ जाने सडक फेरि थुनियो

लमजुङ जाने सडक फेरि थुनियो

अविरल वर्षाको कारण लमजुङ प्रवेश गर्ने प्रमुख मार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले गए रातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

बेँसीसहर नगरपालिका–१, उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सवारी साधन रोकिएका छन् । नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त सडकमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

यो वर्षको बर्खामा पटक पटक उक्त सडक मार्ग अवरुद्ध भइसकेको छ ।

टिप्पणीहरू