आज पाँच सय ६४ जनामा कोरोना संक्रमण, एक जना बिते

आज पाँच सय ६४ जनामा कोरोना संक्रमण, एक जना बिते

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा पाँच सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार सात सय ७८ पिसीआर परीक्षणमा चार सय १८ र एक हजार छ सय ७६ एन्टिजेन परीक्षणमा एक सय ४६ जनामा संक्रमण देखिएको हो । आज थप दुई सय दुई जना कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार नौ सय २९ पुगेको छ । आज काठमाडौंमा दुई सय १८ भक्तपुरमा १७ र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो ११ दिनमा संक्रमणका कारण सात जनाको निधन भएको छ । तीमध्ये छ जनाले कोरोनविरुद्धको खोप लगाएका थिएनन् ।

टिप्पणीहरू