काम थाल्नुअघि भुवन केसीले स्वस्तिवाचन गरे

काम थाल्नुअघि भुवन केसीले स्वस्तिवाचन गरे

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्ति पाएका केसीले आज बिहान बोर्डको कार्यालय पुगेर पद सम्हालेका हुन् ।

सदाबहार हिरोको उपमा पाएका र विवादमा परिरहने अभिनेता केसीले स्वस्तिवाचन गर्दै वास्तुअनुसार पदभार ग्रहण गरेका हुन् । कार्यालयका कर्मचारीले उनलाई फूलमाला र खादा लगाइदिएर स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै केसीले चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने प्रतिबद्धता जनाएका छन् । आफ्नो जन्म नै कलाकारको हुनको लागि भएको जनाउँदै उनले कला क्षेत्रको विकास आफ्नो एकमात्र उद्देश्य रहेको बताए ।

१० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेको बताए ।

टिप्पणीहरू