टिपरमा मोटरसाइकल जोतिँदा चालक बिते, पछाडि बस्ने घाइते

टिपरमा मोटरसाइकल जोतिँदा चालक बिते, पछाडि बस्ने घाइते

ललितपुरमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवकको ज्यान गएको छ भने अर्का घाइते भएका छन् । गएराति एकान्तकुनास्थित सुजुकी ट्रायल सेन्टर अगाडि सडकको छेउमा रोकी राखेको टिपरमा मोटरसाइकल ठोकिएर उक्त दुर्घटना भएको हो ।

बागमती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल बा ३ ख ५७७ नम्बरको मिनि टिपरमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो बस्ने २३ बर्षीय ठगिन्द्र राई र पछाडि बसेका ललितपुरकै महालक्ष्मी नगरपालिका– १४ रानीबु बस्ने ३५ बर्षीय सुरज अधिकारी घाइते भएका हुन् ।

दुबैलाई उपचारको लागि जावलाखेलस्थित अल्का अस्पताल पठाइएकोमा उपचारको क्रममा ठगिन्द्रको मृत्यु भएको हो । प्रहरीका अनुसार टिपर चालकलाई प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको छ ।

टिप्पणीहरू