भैंसी चराउन गएका ज्ञानबहादुरको शव फेला

भैंसी चराउन गएका ज्ञानबहादुरको शव फेला

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव हिजो फेला परेको हो । उनी भैँसी चराएर घर फर्कने क्रममा खोलामा बगेका थिए ।

यसैबीच बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा हुन् ।

बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.८ख ८०८७ नम्बरको ट्रकलाई पछाडि रहेको बा.६७प २८९२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकल चालक स्थानीय २६ वर्षीय एण्डी लामा घाइते छन् ।

टिप्पणीहरू