वडा सदस्यलाई खोलाले बगायो

वडा सदस्यलाई खोलाले बगायो

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ की निर्वाचित महिला वडा सदस्यलाई खोलाले बगाएको छ । सदस्य सुकुमई तामाङको खोलाले बगाएर हिजो मृत्यु भएको हो ।

स्थानीय बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खेतमा रोपाईं सकाएर फर्कने क्रममा उनलाई खोलाले बगाएको हो ।

तामाङको शव करिब एक किलोमिटर पर फेला परेको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले) बाट महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

टिप्पणीहरू