अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा विश्वव्यापी मन्दीको चेतावनी

अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा विश्वव्यापी मन्दीको चेतावनी

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वव्यापी आर्थिक मन्दीको चेतावनी दिएको छ । उसले संयुक्त राज्य अमेरिका,चीन र युरोपको अर्थतन्त्रमा अपेक्षितभन्दा तीव्र गतिमा सुस्तता देखिएपछि उक्त चेतावनी दिएको हो ।

‘विश्व अर्थतन्त्र मन्दीको छेउमा पुगेको देखिन्छ,’कोषको नयाँ नयाँ रिपोर्टमा भनिएको छ । कोभिड महामारी,युक्रेन युध्दलगायत कारण अमेरिका पहिलेदेखि नै प्राविधिक रुपमा आर्थिक मन्दीमा रहेको यथार्थ पनि बाहिरिएको छ ।

विश्वका सात मुख्य अर्थतन्त्र भएका मुलुकमा शुरु हुने मन्दीको सम्भावना अहिले १५ प्रतिशतले बढेको पनि कोषको दाबी छ । कोषले गत अप्रिलमा गरेको अनुमानमा समेत विश्वव्यापी आर्थिक बृध्दिको अवस्था मन्द हुने उल्लेख थियो ।

अहिले मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न विश्वका अधिकांश केन्द्रीय बैंकले ब्याजदर बढाउने उपाय अवलम्बन गरेका छन् । यसले आगामी वर्ष आर्थिक बृध्दिमा सुस्तता आउने निश्चित भएको विश्लेषण गरिएको छ ।

अमेरिकाको फेडरल रिजर्भ बैंकका अधिकारीहरू यो साता अनपेक्षित रुपमा ठूलो मात्रामा ब्याजदर बढाउने तयारीमा जुटेका छन् । यसले पनि आगोमा घिउ थप्न सक्ने बताइएको छ । अमेरिका जसरी पनि अहिलेको आफ्नो अर्थव्यवस्थालाई शान्त बनाउने योजनामा रहेकाले ब्याजदर बढाउने तयारी गरिएको हो ।

टिप्पणीहरू