सिरियाले युक्रेनसँगको कुटनीतिक सम्बन्ध तोड्यो

सिरियाले युक्रेनसँगको कुटनीतिक सम्बन्ध तोड्यो

सिरियाले युक्रेनसँग रहँदै आएको कुटनीतिक सम्बन्ध तोडेको छ । सिरियाका विदेशमन्त्रीले पारस्परिकताको सिद्धान्तको आधारमा युक्रेनसँगको सम्बन्ध तोडिएको जानकारी दिएका हुन् ।

रुसले सिरियामाथि सन् २०१५ देखि हुँदै आएको अमेरिकी र पश्चिमा आक्रमणको सशक्त प्रतिकारमा साथ दिएको छ । उता किभले पनि दमास्कससँगको सम्बन्ध तोडेको जानकारी गराएको छ ।

यसअघि उत्तर कोरियाले युक्रेनबाट स्वतन्त्र राज्य घोषणा गरेका डोनेस्क र लुहान्सकलाई औपचारिक मान्यता दिइसकेको छ ।

टिप्पणीहरू