तीन किशोरीले आत्महत्या गरेको पुष्टि

तीन किशोरीले आत्महत्या गरेको पुष्टि

झापाको चिया बगानमा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार पोष्टमार्टमको प्रारम्भिक रिपोर्टअनुसार आत्महत्याको पुष्टि भएको हो ।

उनका अनुसार शरीरमा कुनै खालका निल डामहरु नभेटिएका कारण आत्महत्याको संकेत गरिएको छ । यद्यपी पोष्टमार्टमको औपचारिक रिपोर्ट भने आउन बाँकी छ ।

गत शनिबार कचनकवल गाउँपालिका–५ का पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थानका पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी घुम्न जाने भन्दै परिवारलाई जानकारी गराएर घरबाट निस्किएका थिए ।

साँझसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा उनीहरुलाई आइतबार बिहान कचनकवल–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रुखमा झुण्डिएको अवस्थामा तीनै जनाको शव फेला परेको थियो ।

टिप्पणीहरू