दुई प्रहरी अधिकृतसहित संसदीय समितिको बैठक सुरु

दुई प्रहरी अधिकृतसहित संसदीय समितिको बैठक सुरु

अर्थ मन्त्रालयको मेटिएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ ।

आज बिहान बसेको बैठकले विज्ञलाई बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निश्कर्ष निकालेको थियो । सोहीअनुसार अहिले जारी बैठकमा फरेन्सिक विज्ञको रुपमा प्रहरीको विधिविज्ञान प्रयोगशालाका दुई जना प्रहरी अधिकृत सहभागी छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थमन्त्रालयमा दुईजना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको र त्यस दिनको सिसिटिभी फुटेज मेटाएको आरोपमा तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको हो ।

समितिको आज बिहान बसेको बैठकमा फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरिएको समितिका संयोजक रहेका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।

यसअघि समितिले सीसीटीभी फुटेज मागेकोमा मन्त्रालयका कर्मचारीले १३ दिनपछि आफैं मेटिने जवाफ दिएपछि हार्डडिस्क नै प्रहरीको फरेन्सिक ल्याबमा पठाएर रिकभर गर्न लगाएको थियो ।

टिप्पणीहरू