सरकार फेरि उल्टो हिँडेको गगन थापाको आरोप

सरकार फेरि उल्टो हिँडेको गगन थापाको आरोप

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा सरकार उल्टो हिँडिरहेको आरोप लगाउनुभएको छ । सांसद समेत रहनुभएका थापाले आज प्रतिनिधिसभाको बैठकमा यस्तो बताउनुभएको हो ।

उहाँले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भने पनि संविधानअनुसार काम नभएको गुनासो गर्नुभयो ।

विश्वविद्यालयको छाता ऐन नबाएर नयाँ बनाउँदै जाने हो भने भइरहेका विश्वविद्यालय पनि थप ध्वस्त हुने महामन्त्री थापाको दाबी छ । संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गरेर मात्र सरकारले नयाँ विश्वविद्यालयल बनाउनुपर्ने उहाँको ठहर छ ।

‘अहिले पनि हामीले संघीय शिक्षा ऐन एकातिर र विश्वविद्यालय व्यवस्थापन गर्ने सन्दर्भमा विश्वविद्यालयको छाता ऐन नबनाउने र कहिले एउटा, कहिले अर्को विश्वविद्यालय बनाउने हो भने यसले हाम्रो विश्वविद्यालयलाई थप ध्वस्त बनाउँछ,’ उहाँले भन्नुभयो, ‘विश्वविद्यालय बनाउने, संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा सरकारको ध्यान जाओस् ।’

टिप्पणीहरू