टिकटक बनाउन खोज्ने युवा दहमा डुबेर बेपत्ता

टिकटक बनाउन खोज्ने युवा दहमा डुबेर बेपत्ता

सल्यानको एउटा दहमा डुबेका एक जना बेपत्ता भएका छन् । स्थानीय कुपिण्डे तालमा खसेका युवा बेपत्ता भएका हुन् ।

आज दिउँसो बनगाड कुपिण्डे नगरपालिका ८, बाबियाचौरस्थित कुपिण्डे दहमा सल्यानको कपुरकोट गाउँपालिका ६ सिनवाङ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३६ बर्षका वेदबहादुर बस्नेत बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार बस्नेत टिकटक बनाउने क्रममा चिप्लिएर कुपिण्डे दहमा खसेका हुन् । खसेलगत्तै उनी बेपत्ता भएको बताइन्छ । उनी धादिङको खनियाबास गाउँपालिका ३ का ३२ वर्षे साथी मूलबहादुर तामाङसँग दह घुम्न आएका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष खनालको नेतृत्वमा प्रहरी टोली खटाएर खोजी कार्य भइरहेको जनाइएको छ ।

टिप्पणीहरू