कोरोना संक्रमित झन् झन् थपिँदै, दुई जना बिते

कोरोना संक्रमित झन् झन् थपिँदै, दुई जना बिते

आज मुलुकभर छ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ५५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर तीन हजार ७१४ जना सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौँमा दुई हजार ४०, भक्तपुरमा ८४ र ललितपुरमा तीन सय ८१ जना छन् ।

सोही अवधिमा कोरोनाबाट दुई सय १८ जना निको भएका छन् । योसँगै देशभर नौ लाख ६८ हजार आठ सय दुई जना कोरोना संक्रमित निको भएका हुन् ।

पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म ११ हजार नौ सय ५९ जना कोरोनाबाट बितेका छन् ।

टिप्पणीहरू