मङ्कीपक्सबाट सर्वसाधारणलाई जोगाउन सरकारले पहल नगरेको एमालेको आरोप

मङ्कीपक्सबाट सर्वसाधारणलाई जोगाउन सरकारले पहल नगरेको एमालेको आरोप

पछिल्लो संक्रमण मङ्कीपक्स फैलनबाट रोक्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमा कुरो उठाएको छ । पार्टी सचिव तथा सांसद योगेश भट्टराईले सरकारको ध्यानाकर्षण गराउँदै प्रतिनिधिसभाको आजको बैठकमा सरकार यसबारे बेखबर भएको बताउनुभएको हो ।

गत शनिबार विश्व स्वास्थ्य संगठनले मङ्कीपक्स संक्रमणलाई लिएर विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ । सोही सन्दर्भमा सांसद भट्टराईले यसबाट बच्न नेपाल सरकारले कुनै कदम नचालेको आरोप लगाउनुभएको हो ।

विश्वभर पाँच जना मङ्कीपक्स संक्रमितको मृत्यु भइसकेको छ । ‘विश्वभर १८ हजार १९४ जना मङ्कीपक्स संक्रमित फेला परेका छन् । पाँच जनाको मृत्यु भइसकेको छ । तर, यसबाट बच्न सरकारले कुनै गृहकार्य गरेको छैन । अहिले सीमानाकामा सावधानी अपनाउनुपर्नेमा सरकारले त्यो पनि गरेको छैन,’ भट्टराईले भन्नुभयो ।

पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमण पनि बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराउँदै कोभिड नियन्त्रणमा सरकार उदासीन बनेको आरोप लगाउनुभयो । उहाँले तत्काल मङ्कीपक्स, हैजा र कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक पहल गर्न सरकारलाई आग्रह गर्नुभयो छ ।

टिप्पणीहरू