मोटरसाइकलसँगै पुलबाट खसेका ओमनाथ रहेनन्

मोटरसाइकलसँगै पुलबाट खसेका ओमनाथ रहेनन्

आज बिहान नवलपरासीको (पश्चिम) सुस्ता गाउँपालिका–२ सतपत्तीमा मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सरावल गाउँपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट झरेको हो ।

कुँडिया प्रहरी चौकीले जानकारी दिएअनुसार मोटरसाइकल अनियन्त्रित हुँदा साँगुरो पुलबाट तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते बहेका फौहदारको चौपत्तास्थित सहिदस्मृति सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको हो ।

टिप्पणीहरू