श्रीलंकाका स्कूलहरू खुल्न थाले

श्रीलंकाका स्कूलहरू खुल्न थाले

इन्धन अभावका कारण श्रीलंकामा करिब एक महिनादेखि बन्द रहेका सरकारी स्वामित्वका सार्वजनिक र निजी विद्यालयहरू सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । अहिलेलाई हप्तामा तीन दिन सोमवार,मंगलवार र बिहिवार मात्रै विद्यालयहरू खुल्नेछन् भने अन्य दुई दिन अनलाइन पढाइने बताइएको छ ।

सोमवारदेखि सञ्चालित विद्यालयको पहिलो अध्ययन अवधि सेप्टेम्बर ७ सम्म रहने श्रीलंकाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विद्यालयहरूले पनि पहिलो कार्यकालको अन्त्यमा परीक्षाहरू सञ्चालन नगराउन साथै प्रधानाध्यापकहरूलाई मूल्याङ्कनको वैकल्पिक तरिकाहरु अपनाउन निर्देशन दिएका छन् ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू