मरुभूमिकरण नियन्त्रण प्रयास – चिनियाँ विद्यार्थीहरूलाई प्रशिक्षण

मरुभूमिकरण नियन्त्रण प्रयास – चिनियाँ विद्यार्थीहरूलाई प्रशिक्षण

उत्तर पश्चिम चीनको निङ्सिया हुई स्वायत्त क्षेत्रको झोङवेई शहर, टेङ्गर मरुभूमिको दक्षिणपूर्वी किनारमा अवस्थित छ र यहाँका स्थानीय अधिकारीहरूले दशकौंदेखि मरुभूमिकरण रोक्न विभिन्न प्रयास गर्दै आएका छन् । यसैक्रममा गर्मी बिदाको अवसर पारेर चिनियाँ विद्यार्थीहरूले मरुभूमिकरण रोक्नको लागि बालुवामाथि कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा यहाँ आएर सिके भने आ-आफ्नो केही योगदान पनि दिएर गए ।

उनीहरुले परालले चेकरबोर्ड बनाई बालुवाको बीचवीचमा राख्दै गए जसले बालुवा नियन्त्रण गर्दछ भने यो प्रयास प्रभावकारी तरिका सावित भएको र मरुभूमिको केही भागलाई पर्यटकीय रमणीय क्षेत्रका रूपमा विकास गरिएको समेत जनाइएको छ।

हेरौं,प्रशिक्षणको समयमा खिचिएका केही तस्विर तथा भिडियो:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू