काँग्रेसका चार जना सांसद निलम्बित

काँग्रेसका चार जना सांसद निलम्बित

भारतीय लोकसभाका चार जना सांसद निलम्बित भएका छन् । लोकसभाका सभामुख ओम बिरलाले भारतीय काँग्रेसका ती सांसदलाई निलम्बन गर्नुभएको हो ।

उनीहरुले संसदभित्र अशोभनीय र अमर्यादित व्यवहार देखाएका कारण वर्षे अधिवेशनभर निलम्बन गरिएको जनाइएको छ । उनीहरुले सभामुखको आदेशलाई अटेर गर्दै बैठकमा प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेपछि निलम्बन गरिएको हो ।

विपक्षी काँग्रेस पार्टीका ती सांसदले महंगीविरुध्द उक्त प्रदर्शन गरेका थिए । निलम्बित सांसदमा मनिकम टैगोर,राम्या हरिदास,जोथीमनी र टीएन प्रथपन छन् ।

आफ्ना सांसदहरु निलम्बित भएपछि काँग्रेसको संसदीय दलका उपनेता गौरव गोगोईले सरकारले जनताको आवाजलाई रोक्न खोजेको प्रतिक्रिया दिएका छन् ।

यसअघि सभामुखले उनीहरुलाई पटक पटक अशोभनीय व्यवहार रोक्न आदेश दिनुभएको थियो ।

टिप्पणीहरू