भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । बोर्डको अध्यक्षमा अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीपछि उनी अध्यक्ष चयन भएका हुन् ।

अध्यक्षको निम्ति केसीबाहेक अरुणकुमार प्रधान,दिपक श्रेष्ठ, नरेशकुमार पौड्याल,निर्मलराज ढकाल,मनिष पण्डित,सम्झना उप्रेती रौनियार,सुचित्रा श्रेष्ठ,सुशीलकुमार पोखरेल र सुष्मा कार्कीले अन्तरवार्तासँगै प्रस्तुतीकरण गरेका थिए ।

बोर्ड अध्यक्षका लागि मन्त्रालयले गत असार ५ गते आवेदन माग गरेको थियो । अध्यक्षको कार्यकाल दुई वर्ष तोकिएको छ ।

टिप्पणीहरू