सचिवलाई हकारेपछि गीतकार संघ तात्यो

सचिवलाई हकारेपछि गीतकार संघ तात्यो

गीतकार संघ नेपालका सचिव महेश आचार्यलाई गालीगलौज गरेपछि संघले आपत्ति जनाएको छ । सुवास रेग्मी नामक फेसबुक अकाउण्टबाट अपमानजनक भाषाको प्रयोग गरी गालीगलौज गरेपछि संघले ध्यानाकर्षण भएको जनाएको हो ।

स्रष्टाहरुको हक र अधिकारको सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा बुलन्द आवाज उठाएकै कारण आचार्यमाथि गालीगलौज गरिएको संघको ठहर छ ।

‘सुवास रेग्मी नामको फेसबुक अकाउण्टबाट यस संस्थालाईसमेत लक्षित गरी अत्यन्त अमर्यादित, घोर अपमानजनक तथा निकृष्ट भाषामा गालीगलौज गरेकोप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघले भनेको छ, ‘उक्त सुवास रेग्मी नामको फेसबुक अकाउण्टबाट भएको यस्तो अति निन्दनीय र निकृष्ट कदमको घोर भत्र्सना गर्दछौं ।’

पछिल्लो समय महेशले रोयल्टीलगायत कलाकारको अधिकारका विषयमा आवाज उठाउँदै आएका छन् ।

टिप्पणीहरू