सुर्खेतमा काईनेटिक ढुङ्गाको कारोबार

सुर्खेतमा काईनेटिक ढुङ्गाको कारोबार

सुर्खेतमा काईनेटिक ढुङ्गाको कारोबार गर्ने एक युवक समातिएका छन् । वीरेन्द्रनगर नगरपालिका ११, समावेशी टोलबाट ३२ वर्षीय दिपकबहादुर बस्नेतलाई काईनेटिक ढुङ्गासहित प्रहरीले पक्राउ गरेको हो ।

अवैध उत्खनन् गरी ढुङ्गाको कारोबार गर्ने गरेको सूराकीका आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनको घरमा छापा मारेको थियो । सोही अवस्थामा उनको घरबाट १६ क्विण्टल ९१ किलो ७ सय ग्राम काईनेटिक ढुङ्गा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार उनलाई हिजो नियन्त्रणमा लिइएको हो । बस्नेतलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।

टिप्पणीहरू