कुवेतमा अमिरका कान्छा छोरा नयाँ प्रधानमन्त्री

कुवेतमा अमिरका कान्छा छोरा नयाँ प्रधानमन्त्री

कुवेतमा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । त्यहाँका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

अमिरले अहमद नवाफ अल–अहमद अल–सबाहलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री र उनको मन्त्रिमण्डलले आफ्नो कार्यभार थाल्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान छ ।

सोबमोजिम आज राष्ट्रिय सभाबाट उनीहरुको नाम अनुमोदन भएपछि औपचारिक कार्यभार शुरु हुने जनाइएको छ ।

यसअघिका प्रधानमन्त्रीले गत मेमा दिएको राजीनामा अमिरबाट स्वीकृत भइसकेको छ । अघिल्लो मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल–अहमद अल–सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री थिए ।

सन् १९५६ मा जन्मिएका नवनियुक्त प्रधानमन्त्री कुवेतका अमिरका कान्छा छोरा हुन् ।

टिप्पणीहरू