मध्यराती जीपले हान्दा स्कुटर चढ्नेको मरण

मध्यराती जीपले हान्दा स्कुटर चढ्नेको मरण

आज बिहान करिब ०३:०० बजे ललितपुर महानगरपालिका वडा नम्बर ८ अन्तर्गत पर्ने बालकुमारी,खरिबोटमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको जीपले ठक्कर दिएर फरार भएको छ । चालकको खोजी भइरहेको छ ।

जीपको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक चितवन घर भई हाल झम्सीखेलमा बस्दै आएकी २३ वर्षीया रेखा मगरको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार धोबीघाट बस्ने २३ वर्षीया शकुन्तला घर्तीको भने सोही अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।

टिप्पणीहरू