अभिनेत्री त्यो देख्नासाथ आगो

अभिनेत्री त्यो देख्नासाथ आगो

हलमै नाराबाजी । एकाथरी दर्शक हिरोको जयजकार गर्ने, अर्काेथरी नायिकाको । कथा त्यत्तिमै सकिँदैन हिरोको फ्यान धेरै हुँदा हिरोइनलाई जलन र अन्तिममा ‘देउतातुल्य दर्शकसँग’ झर्कीफर्की । अहिले उनै नायिका अभिनीत चलचित्रले हलमा व्यापार गर्न नसके पनि दर्शकसँग च्याँट्ठिएको एउटा भिडियो क्लिपले भने सामाजिक सञ्जाल राम्रैसँग तताइरहेको छ ।

एमालेको तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने आकांक्षा राखेका र कालान्तरमा बालकोटले नपत्याएका पूर्व शहरी विकासमन्त्री रामवीर मानन्धरद्वारा सञ्चालित अष्टनारायण हलमा देखिएको दृश्य हो यो गत शुक्रवार । पूजा र आकाशका फ्यानहरू पुगेका थिए । प्रांगणमा पुगेपछि आ–आफ्ना फ्यानले फूलमाला र खादा ओढाइदिए । अनुहार होलीमाझैं रंगाइदिए । हलको एकातिर कुनामा आकाशको र अर्काेतिर पूजाको पक्षमा नारा घन्किरह्यो । पूजाभन्दा आकाशका फ्यान धेरै छन् । दर्शक पनि आकाशतिरै ओइरिए । सोही फिल्मको प्रमोसनका लागि बिहान ११ बजे बालाजु पुगेकी नायिका एकाएक रिसाइन् । अनि दर्शकलाई के हो यो ? फिल्म दुइटैको हो । के गरेको यो ? यो एउटा कलाकारको मात्र फिल्म हो ? भन्दै झर्किइन् ।

अघिल्लो पटक पल शाह हिरासतमा हुँदा उनै नायिका पूजा शर्मा अभिनीत ‘म यस्तो गीत गाउँछु २’ ले राम्रै व्यापार गरेको थियो । अहिले पूर्वप्रेमी आकाश श्रेष्ठसँग अभिनीत ‘सम्झना बिर्सना’ को व्यापार भने निराशाजनक रहेको हल मालिकहरूले बताउने गरेका छन् । दर्शकसँग च्याट्ठिएको भोलिपल्टै अर्थात् अस्ति शनिबार पूजा अष्ट्रेलिया उडेकी छन् । उनी म यस्तो गीत गाउँछु २’को शोका लागि त्यता उडेकी हुन् ।

टोलीलाई पोखरा पुग्नासाथ तनाव

सिक्वेल फिल्म बनाउन तम्सिएको ‘प्रसाद २’लाई पहिलो गाँसमै ढुंगा लागेको छ । उत्साह बोकेर सुटिङका लागि पोखरा पुगेका निर्माता र कलाकारसहित सुटिङ युनिट रित्तो हात काठमाडौं फर्कनुपरेको छ ।

सामाजिक कथावस्तुमा बनेर सफलता प्राप्त गरेको चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ को सुटिङ असार २१ गतेबाट गर्ने तयारी थियो तर निर्माता र कलाकारको द्वन्द्वका कारण टोली खाली हात फर्किएको हो ।

कान्तिपुरकर्मी सुशील पौडेलले लेखेको कथावस्तुमाथि सुदर्शन थापाले निर्देशन गर्ने र केशव पाण्डेको समेत लगानी रहने सम्झौता थियो । युनिट पोखराको याम्जाकोट पुग्यो पनि तर थप रकम लगानी गर्ने विषयमा कुरा नमिल्दा सुटिङ नै रद्द गरेर फिल्मकर्मीहरू काठमाडौं ब्याक भए । केशवले अहिलेसम्म ५० औं लाख खन्याइसक्दा सुवासको गोजीबाट एक लाख मात्र निस्किएको विषयले त्यहाँ प्रवेश पाएको बताइन्छ ।

एकातिर फिल्म निर्माताबीचकै कटुता, अर्काेतिर कलाकारसमेत काठमाडौंमा जरुरी काम छ भन्दै भोलिपल्टै फर्किएपछि समस्या आएको हो । त्यहाँ पुगेका कलाकारमध्ये नायिका नम्रता श्रेष्ठ साथीको बिहेलाई कारण देखाएर काठमाडौं फर्किएकी थिइन् । सुटिङ रद्द गरेर पोखरा पुगेको टोलीमध्ये अघिल्लो दिन कलाकार र भोलिपल्ट प्राविधिकको टोली काठमाडौं फर्किएको हो ।

टिप्पणीहरू