के हो समाजवाद, कसरी बन्छ उत्पादनमुखी अर्थतन्त्र ? « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

के हो समाजवाद, कसरी बन्छ उत्पादनमुखी अर्थतन्त्र ?

प्रकाशित मिति :  ९ श्रावण २०७९, सोमबार २१:००


नेपालका कम्युनिष्ट पार्टीहरूले समाजवादी लक्ष्य हासिल गर्नका लागि सोहीअनुरुपको अर्थनीति अवलम्बन गर्न अग्रसर हुनुपर्ने हो । आवश्यक गृहकार्य र पूर्वाधारहरूको निर्माणमा ध्यान दिनुपर्ने हो । भाषण र नारामा मात्र उत्पादनमुखी बजेट र समाजवादी अर्थतन्त्रको रट लगाउँदैमा वामपन्थीहरूले चाहेको समाजवादी युगको आगमन हुन पनि सक्दैन् ।

समाजवादी दृष्टिकोणको आधारमा शेयर, हुन्डी र विप्रेषण (रेमिट्यान्स) कारोबारलाई उत्पादनमूलक मानिँदैन । गाडी खरिद र घर जग्गाको कारोबार पनि उत्पादनशील हुने कुरा भएन । आयातको व्यापारले त झनै मुलुकलाई जर्जर अवस्थामा पु¥याउने खतरा जहिले पनि रहिरहन्छ ।

यीमध्ये शेयर कारोबारलाई भने केही हदसम्म उत्पादनशील मान्ने अवस्था छ । किनभने हाइड्रो पावरहरूमा शेयर लगानी गर्दा त्यसको केही नाफा वा स्वामित्व धेरै शेयरधनीहरूसम्म पुग्न सक्छ । तर यसलाई पनि भरपर्दो उत्पादनमुखी क्षेत्रको रुपमा राख्न सकिने अवस्था छैन ।

नेपालको अर्थतन्त्रका सूचकहरू यिनै कारोबारका पक्ष विपक्षमा घुमिरहेका देखिन्छन् । पुँजी आयात व्यापारको मात्रा हेर्ने हो भने भयावह छ । बर्सेनि १५ सय खरब (खर्ब) रुपैयाँको विभिन्न सामग्री आयात हुन्छ । त्यसमध्ये उत्पादनमुखी अर्थतन्त्र निर्माणको लागि चाहिने आवश्यक कच्चा पदार्थ भने करिब ३ देखि ४ सय खरब रुपैयाँकोको मात्रै हुन्छ ।

यसले हाम्रो उत्पादनको आधारहरू कमजोर छन् भन्ने प्रष्ट देखाउँछ । प्रत्यक्ष रुपमा ११ खर्ब रुपैयाँका विदेशमा उत्पादित विभिन्न सामग्री नेपाली उपभोक्ताले उपभोग गर्दै आएका छन् । भाडाकुँडा, बिस्कुट, साबुन, लत्ताकपडा, सौन्दर्य प्रशोधनका सामग्री, खाद्यान्न, सवारीसाधनहरू यी सबै विदेशमै उत्पादन भएर सोझै नेपाली उपभोक्ताहरूमाझ पुग्ने गरेका छन् ।

फिनिस्ड प्रोडक्टका रुपमा आउने सामग्रीले उत्पादनलाई शून्य योगदानको अवस्थामा पुर्याउँछ । यस्तो विधि हुने आयातलाई प्रतिस्थापन गर्ने नीति हाम्रो हुनुपर्ने हो । तर अहिलेसम्म आयातलाई प्रतिस्थापन गर्ने नीति समाजवादको लक्ष्य बोकेको पुँजीवादी नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका मै हुँ भन्ने धुरन्धर अर्थविद्हरूले ल्याउन सकेका छैनन् ।

अरु त अरु स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर उस्तै खाले विदेशी उत्पादन भिœयाउने नीतिलाई लगामसमेत लगाउन सकेका छैनन् । जस्तै बिस्कुट, भाँडाकुँडा, साबुनलगायतका धेरै फिनिस्ड प्रोडक्टहरू नेपालमा उत्पादन हुन सक्छन् । त्यस्तो सामग्रीहरूको आयात गर्नुभन्दा यहींको उत्पादनलाई नैं प्रश्रय दिने विशेष संरक्षणका नीतिहरू अवलम्बन गर्नुपर्ने हो ।

अर्थात् समाजवादी अर्थतन्त्र निर्माणका आधार तयार गर्ने इमान्दार प्रयास कसैले पनि गरेको देखिन्न । यसले गर्दा आउँदा दिनहरू नेपाली अर्थतन्त्रको लागि सुखद छैनन् भन्ने देखिन्छ । परनिर्भरताबाट आत्मनिर्भरतातर्पm अघि बढ्नका लागि सकेसम्म प्राकृतिक स्रोतको सापेक्षित उपयोग नीति अवलम्बन गरिनुपर्छ । स्वदेशी उत्पादनलाई प्रश्रय दिँदै विदेशी उत्पादनमाथि रोक लगाउन सक्नु पर्छ ।

तर यस्तो पटक्कै भएको देखिन्न । यसले नेपालको अर्थतन्त्र कुनै बेला पनि गल्र्याम्म ढल्यो भने आश्चर्य मान्नु पर्दैन । किनभने जुन अर्थतन्त्र निर्यातमा भन्दा हजारौं गुणा आयातमा निर्भर छ, जहाँका उद्योगहरू धराशायी बन्दैछन, जहाँका प्राकृतिक सम्पदामाथि विभिन्न बहानामा छिमेकी र अन्य बहुराष्ट्रिय कम्पनीको एकाधिकार कायम हुन्छ, यसले समाजवादी अर्थतन्त्र मात्रै होइन पुँजीवादी अर्थतन्त्रको निर्माणमा समेत बाधा पु¥याउँछ ।

त्यसैले नारा र बजेट भाषणमा मात्र सीमित रहेको उत्पादनमुखी बजेट र अर्थतन्त्र निर्माणलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि नीतिगत विषयमा बहस चलाउन आवश्यक भइसकेको छ । नेपालमुखी उत्पादनमा देखिएको सबैखाले समस्या समाधानका लागि पहल गर्न ढिला भइसकेको छ । सम्बन्धित सबै सरोकारवालाहरूले बेलैमा ध्यान दिनु आवश्यक छ, नत्र श्रीलंकाको जस्तै धपिने र जनताबाट दपेटिने दिन नआउला भन्न सकिँदैन ।


प्रतिक्रिया दिनुहोस !