बादल हेरेको हेर्‍यै

बादल हेरेको हेर्‍यै

नेपाली सेनाले पनि आफ्नो एउटा डफ्फालाई सडक निर्माणका नाममा विवादास्पद क्षेत्र कालापानी, टिंकरतर्फ परिचालित गरेको छ ।

जंगी अड्डाबाट सेनाका इञ्जिनियरहरुको टोली एमआई १७ हेलिकोप्टरबाट त्यतातिर लागेको हो । उक्त टोलीले नेपाली भूभागमा पर्ने गाउँहरु पुग्न सहजता ल्याउनका लागि सडक निर्माणका केही कामहरु तत्काल शुरु गर्ने सैनिकस्रोतले जनाएको छ ।

कोरोनाको कुरा

नेपाली सेनामार्फत चीनबाट आयात गरिने भनिएका अत्यावश्यक स्वास्थ्य सामाग्री बिहीबार नेपाल भित्रिएको छ । तर, ती सामाग्री परिचालनको जिम्मेवारी सेनाले पाएको छैन ।

तिनको पूर्णनियन्त्रण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग हुने व्यवस्था गरिएको  छ । अर्थात्, सेनाको काम ल्याउनेमात्रै हो ।

उता, विवाद छ, सिसिएमसीबारे । स्वास्थ्य मन्त्रालयको संयन्त्र भए पनि नेपाली सेनाको नियन्त्रणमा रहेको छाउनीस्थित कमाण्ड सेन्टर सिएमसी गृह मन्त्रालयअन्तर्गत हुनुपर्ने माग उठेको थियो ।

संक्रामक रोगसम्बन्धी ऐन २०२० र ०७४ कै कानुनी व्यवस्थाले पनि त्यस्तो ब्यवस्था गर्न पाइने कुरा उल्लेख छ । तर, कुन निकायको नियन्त्रण वा नेतृत्वमा रहने भन्ने कुरा कानुनमा स्पष्ट व्यवस्था नहुँदा रक्षा मन्त्रालयमातहत रहने व्यवस्था मिलाइएको छ । विगतमा गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापनले यस्ता कामहरुको व्यवस्थापन गर्दै आएको थियो ।

टिप्पणीहरू