‘राधा’ को टिजर सार्वजनिक

‘राधा’ को टिजर सार्वजनिक

सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटलले केही बेरअघि टिजर बाहिर ल्याएको हो ।

सार्वजनिक साढे दुई मीनेटको टिजरमा चलचित्रको विषयवस्तु देखाइएको छ । टिजरमा श्रीमान् बाहिर हुँदा श्रीमतीले पाएको दुःखकष्टबारे विश्लेषण गर्न खोजिएको छ । आगामी भाद्र १० गतेदेखि नेपालभरका सिनेमाघरमा ‘राधा’ प्रदर्शन हुनेछ । माना प्रोडक्सन र बिरञ्जना इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो ।

निकुन श्रेष्ठ,फिरोज खड्का कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता भने सौगात मल्ल,देवकी विष्ट र विक्रमदास जोशी हुन् । सुवर्ण थापा आफैंले चलचित्रको कथा लेखेका छन् । निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रमा कालीप्रसाद देवकोटाले संगीत भरेका छन् ।

सज्जा चौलागाईं, स्वस्तिका ढकाल र झुमा लिम्बुले चलचित्रका लागि गीत गाएका छन् । चलचित्रमा सुष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने,मेनुका प्रधान,दिव्या देव, लोकेन्द्र लेखक,बुध्दि तामाङ,पशुपति राई, निश्चल बस्नेत,दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा देखिनेछन् ।

टिप्पणीहरू