गुल्मी र बुटवलको वीच बाटोमा ६ जनाको मृत्यु, १७ जना घाइते

गुल्मी र बुटवलको वीच बाटोमा ६ जनाको मृत्यु, १७ जना घाइते

पाल्पामा बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा आज बेलुकी पाँच बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार कार्य भइरहेको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

घाइतेहरुलाई उपचारको निम्ति तानसेन अस्पताल लगिएको प्रहरीले भनेको छ ।

टिप्पणीहरू