२४ घण्टामा ३४७ संक्रमित थपिए, दुई जनाको निधन

२४ घण्टामा ३४७ संक्रमित थपिए, दुई जनाको निधन

गत २४ घण्टामा देशभर ३४७ जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार ८८८ वटा नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३६० पिसीआर परीक्षणमा ३०२ र एक हजार ५२८ एन्टीजेन परीक्षणमा ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा ९५ जना कोरोना संक्रमित निको भएका छन् भने दुई जनाको ज्यान गएको छ । योसँगै कराेना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।

आज थपिएसँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।

टिप्पणीहरू