गठबन्धनभित्र गाँठागुँठी नमिलेर निर्वाचन मिति घोषणा नगरिएको एमाले नेताको दाबी

गठबन्धनभित्र गाँठागुँठी नमिलेर निर्वाचन मिति घोषणा नगरिएको एमाले नेताको दाबी

नेकपा एमालेका सांसद लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न माग गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दैे उहाँले सरकारले निर्वाचन मिति घोषणा गर्न ढिलाइ गरेको आरोप लगाउनुभएको हो ।

सरकारले गठबन्धनलाई लामो समय टिकाउन चुनावको मिति घोषणा नगरेको उहाँको भनाइ छ ।

सत्ता गठबन्धनभित्रको गाँठागुँठी नमिलेर चुनावको मिति नतोकिएको ठोकुवा गर्दै उहाँले भन्नुभयो, ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुँठी नमिलेर हो कि ?’

टिप्पणीहरू