गुडिरहेको बसमाथि रुख बज्रियो: तीन जनाको प्रणान्त, १५ जना सिकिस्त

गुडिरहेको बसमाथि रुख बज्रियो: तीन जनाको प्रणान्त, १५ जना सिकिस्त

भक्तपुरको सल्लाघारीमा रुख ढलेर सडकमा गुडिरहेको बस र स्कुटरमाथि बजारिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय भक्तपुरका अनुसार सल्लाघारीबाट दूधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको बस र बा. ६१ प ३९७८ नम्बरको स्कुटरलाई ग्रिनल्यान्ड होटल नजिकै रुखले किचेको हो ।

घाइतेको थिमिस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू