विशेषज्ञ परीक्षामा डेढ सय डाक्टर फेल

विशेषज्ञ परीक्षामा डेढ सय डाक्टर फेल

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञहरुको नाम दर्ता प्रमाणपत्र परीक्षामा एक सय ४९ जना डाक्टर फेल भएका छन् । काउन्सिलले हिजो लिएको २३औं विशेष परीक्षामा कूल सहभागी संख्याको करिब ३२ प्रतिशत अर्थात् एक सय ४९ जना अनुतीर्ण भएका हुन् ।

काउन्सिलले आज सार्वजनिक गरेको नतिजामा तीन सय २५ जना परीक्षार्थीहरु उतीर्ण भएको जानकारी दिएको छ । चार सय ७४ जना परीक्षार्थीहरु सहभागी परीक्षामा ६८ दशमलब ६ प्रतिशत उतीर्ण भएका हुन् । गत माघ २१ र २२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उतीर्ण भएका थिए ।

परीक्षामा उतीर्ण परीक्षार्थीहरुले विशेषज्ञ प्रमाणपत्रका लागि सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अनलाइन आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ । त्यस्तै, नतिजामा चित्त नबुझे परीक्षार्थीले ३५ दिनभित्र एक हजार रुपैयाँ दस्तुर तिरेर पुनर्योग गर्न सक्ने बताइएको छ ।

टिप्पणीहरू