तीन किशोरीले एउटै रुखमा पासो लगाएर प्राण फाले

तीन किशोरीले एउटै रुखमा पासो लगाएर प्राण फाले

झापाको कचनकवल गाउँपालिका-५, स्थित पठामारीमा तीन किशोरी एउटै रुपमा झुण्डिएर मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकका अनुसार सुनकोशी चिया बगानमा कार्यरत तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । पासो लगाएर प्राण फाल्नेमा सोही ठाउँका स्थानीय पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना रहेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

टिप्पणीहरू