आज ४५६ जना कोरोना संक्रमित थपिए

आज ४५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मुलुकभर चार सय ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तीन हजार आठ सय ३८ परीक्षणमा चार सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार एक सय ६८ पिसीआर परीक्षणमा तीन सय ८४ र एक हजार चार सय ७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार आठ सय ४१ पुगेको छ । आज कोरोना संक्रमणबाट कसैको निधन भएको छैन ।

टिप्पणीहरू