जीपको ठक्करबाट घाइते साइकलयात्री अस्पतालमा

जीपको ठक्करबाट घाइते साइकलयात्री अस्पतालमा

बारामा दुई जना साइकलयात्रीलाई जीपले ठक्कर दिएको छ । कलैया उपमहानगरपालिका–२५, सिसहनिया चोकमा गएराति जीपको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका हुन् ।

कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको नम्बर नखुलेको जीपले राति ९ बजे साइकलयात्रीलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार जीपको ठक्करबाट साइकल चालक २५ वर्षीय सुमन पटेल र साइकलमा पछाडी रहेका २६ वर्षीय दिपेन साह गम्भीर घाइते भएका छन् ।

उनीहरुको न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । दुर्घटनापछि जीपसहित फरार चालकको खोजी भइरहेको अस्थाई प्रहरी पोष्ट बाराले जनाएको छ ।

टिप्पणीहरू