यी नदीमा बाढी आउने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

यी नदीमा बाढी आउने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

आज देशका १० भन्दाबढी नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज तामाकोसी, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मस्र्याङ्दी नदीको बहाव उल्लेख्य बढ्नेछ ।

यस्तै, समजीघाटस्थित भेरी, पारिगाउँस्थित महाकाली, पँधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा पनि बहाव बढ्ने पूर्वानुमान महाशाखाको छ ।

आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका केही साना नदीहरूमा पनि जल सतह बढ्ने पूर्वानुमान गरिएको छ ।

मध्य वर्षाको समय भएकाले नदी छेउछाउ र पहिरोको जोखिम रहेका स्थानमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

टिप्पणीहरू