ट्रयाकटरले किच्दा ५ वर्षीय बालकको मृत्यु

ट्रयाकटरले किच्दा ५ वर्षीय बालकको मृत्यु

भोजपुर नगरपालिका–१२, छचौतारामा ट्रयाक्टरले किच्दा बालकको ज्यान गएको छ ।

हिजो साँझ सामान बोकेर सदरमुकामबाट गुम्बातर्फ जाँदै गरेको मे. १ त ७४४४ नम्बरको ट्रयाक्टरले किच्दा ५ वर्षीय नेन्साङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

बालकको शवलाई परीक्षणको निम्ति जिल्ला अस्पतालमा राखिएको छ । ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू