एक्लै जितेका मेयर र जिल्ला उपप्रमुख नेकपा एसमा

एक्लै जितेका मेयर र जिल्ला उपप्रमुख नेकपा एसमा

कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा एस प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले आज स्वागत गरेका छन् ।

वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले भने २६०९ मत ल्याएका थिए । शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो । यस नगरपालिकामा माओवादीले उपमेयर जितेको छ ।

त्यसै गरी डाेल्पा जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्रबहादुर बूढा पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

टिप्पणीहरू