करेन्ट लागेर दुई जनाको मृत्यु « Jana Aastha News Online
Logo
११ आश्विन २०७९, मंगलवार
|  Tue Sep 27 2022
Logo
११ आश्विन २०७९, मंगलवार
|  Tue Sep 27 2022

करेन्ट लागेर दुई जनाको मृत्यु

प्रकाशित मिति :  ५ श्रावण २०७९, बिहीबार १५:०५


सिन्धुपाल्चोक र सिन्धुलीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६, जम्बुमा सोही नगरपालिका–८ का २१ वर्षीय दिपक भण्डारीको हिजो साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

त्रिवेणी व्रम्हायणी कन्ट्रक्सन प्रालिको स्काभेटरको बकेट उठाई डिजेल हाल्ने क्रममा बिजुलीको तारमा बकेटले छुँदा करेन्ट लागी उनको मृत्यु भएको हो ।

सिन्धुलीको दुधौली नगरपालिका–७, सिमराई बस्ने ३४ वर्षीया सबिना बिकको पनि हिजो करेन्ट लागेर मृत्यु भएको छ ।

ठूलो बुबाको घरबाट आफ्नो घर फर्कने क्रममा बाटोमा लत्रिएको तारमा छुँदा उनी करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।

उनको कटारी अस्पतालमा पछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !