विश्वकै बुढो पाण्डा बित्यो

विश्वकै बुढो पाण्डा बित्यो

विश्वकै बुढो पाण्डा एनएनको मृत्यु भएको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो मानिएको पाण्डा एनएनको ३५ वर्षको उमेरमा आज मृत्यु भएको हो ।

पाण्डाको आयु मानिस सरह १०५ वर्ष मानिन्छ । तर विगत केही सातादेखि एनएनको स्वास्थ्यमा समस्या देखिएको थियो । जसका कारण एनएनको खान्की घटेको ओसियन पार्कले बताएको थियो ।

एनएन सन् १९९९ देखि हङकङको उक्त पार्कमा बस्दै आएको थियो । पाण्डा बितेकोमा पार्क कार्यालयले दुःख व्यक्त गरेको छ । पार्कले एनएन आफ्नो परिवारको एक महत्वपूर्ण सदस्य भएको जनाएको छ ।

यसअघि सन् २०१६ मा ३८ वर्षको उमेरमा ज्यान गुमाएको जियाजिया र अहिलेको एनएनलाई चीन सरकारले उपहारस्वरुप प्रदान गरेको थियो ।

टिप्पणीहरू