साझा बसपछि ललितपुरमा विद्युतीय स्कुटर

साझा बसपछि ललितपुरमा विद्युतीय स्कुटर

ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । आज नगर प्रहरीले एक कार्यक्रममार्फत् पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जानकारी गरेको हो ।

सोही कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरले आगामी दिनमा खरिद गर्ने सबै सवारीसाधन विद्युतीय हुने घोषणा गर्नुभएको छ । उहाँले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गर्नुभयो ।

उहाँले क्विक रेस्पोन्स टिमलाई यी बाइक महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताउनुभयो । उहाँले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्व राख्ने भएकोले सानो काम भए पनि महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो ।

पाटन शहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्व पनि त्यत्तिकै हुने भएकोले सिसिटिभी जडानको काम भइरहेको मेयर महर्जनको भनाइ छ । उहाँले अब अत्याधुनिक दमकल खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

टिप्पणीहरू