क्याप्टेन रामेश्वरको गाडीले ठक्कर दिँदा तीन जना घाइते

क्याप्टेन रामेश्वरको गाडीले ठक्कर दिँदा तीन जना घाइते

हेलिकप्टर पाइलट तथा अन्नपूर्ण पोष्ट दैनिक र एपी 1 टेलिभिजनका अध्यक्ष रामेश्वर थापाले हाँकेको गाडीको ठक्करका कारण तीन जना सिकिस्त घाइते भएका छन् । तीन दिनअघि महाराजगञ्ज नजिकैको चक्रपथमा दिउँसो साढे २ बजे उनी आफैँले हाँकेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक, पछाडि बसेका एक जना र पैदल यात्रु गरी तीन जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको ग्राण्डी अस्पताल र एक जनाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । एक जनाको गोडा भाँचिएको छ । ठमेलतिरबाट गएको गाडीसामु अकस्मात साइड मोड्न खोजेको बाइक ठोक्किएको र ऊ धक्का खाएर अगाडि हुत्तिदा पैदल यात्रुलाई क्षति पुगेको चोकमा तैनाथ ट्राफिक प्रहरीले बताए । इन्द्रेणी रेष्टुरेण्ट अघिल्तिर उक्त दुर्घटना भएलगत्तै गाडीबाट ओर्लिएका पाइलट थापाले एक जना घाइतेलाई ट्याक्सी चढाएर टिचिङ्ग र अरु दुईलाई पछि पछि आउँदै गरेको अर्को गाडीमा ग्र्याण्डी अस्पताल पठाई सबै उपचार खर्च आफैले ब्यहोर्दै गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

तल्लो तहबाट आफ्नै मेहनतले उठेका मृदुभाषी थापा काभ्रेली हुन् । राष्ट्रिय राजनीतिका सबै हस्तीसङ्ग उनको राम्रो सम्बन्ध छ ।

टिप्पणीहरू