माधव नेपालको प्रष्ट बोली,काँग्रेस नेताको बेग्लै लोली

माधव नेपालको प्रष्ट बोली,काँग्रेस नेताको बेग्लै लोली

आगामी संसदीय निर्वाचनको मिति घोषणा नभए पनि मंसिर महिना नजिकिँदै छ । सत्ता गठबन्धनमा रहेका दलका नेताहरुको धारणा परस्पर बाझिन थालेका छन् । गत स्थानीय तह निर्वाचनमा प्राप्त सफलतालाई गठबन्धनका दलहरुमध्ये काँग्रेसबाहेक अरुले भिन्दै ढंगले विश्लेषण गरेपछि शीर्ष नेताहरुको धारणाका कारण विभिन्न आशंका उत्पन्न भएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको स्वीकार्नुभएको छ । उहाँले हिजो राजधानीमा आयोजित पार्टी जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अहिले गठबन्धनको भरोसा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा काँग्रेसले गरेको व्यवहारका कारण गठबन्धनको भरोशा छैन । त्यसैले गठबन्धनको गीत गाउँदा पार्टी कमजोर हुन्छ । आफ्नै तवरले अगाडि बढ्नुुको विकल्प छैन ।’

यसैबीच नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धन काँग्रेसले मात्रै चाहेर नबनेको रहस्योद्घाटन गर्नुभएको छ । उहाँले हिजो हेटौँडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै भन्नुभयो,‘काँग्रेसले चाहेर मात्रै गठबन्धन बनेको होइन । त्यसैले प्रतिनिधिसभा र प्रदेशको आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्य पार्टीले लिएको छ ।’

टिप्पणीहरू