ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौंको कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा.४ख ५७ ०३ नम्बरको ट्रिपरले आज बिहान ३ बजे पैदल हिँडिरहेका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्यामबहादुर खड्कालाई ठक्कर दिएको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार उनको अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

ट्रिपरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू