बसले ठक्कर दिँदा मोटरसाइकल चालक बिते

बसले ठक्कर दिँदा मोटरसाइकल चालक बिते

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ भने पछाडि बस्ने एक किशोरी घाइते भएकी छन् । बुद्धभूमि नगरपालिका ९, चम्पापुरमा आज बसेको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय शुसिल केसी हुन् । दुर्घटनामा गम्भीर घाइते भएका केसीको जिल्ला अस्पताल तौलिहवामा निधन भएको प्रहरीले जनाएको छ ।

घाइते १७ वर्षीया कुस्मा केसीको सोही अस्पतालमा उपचार भइरहेको छ । ना. ५ ख ९३५० नम्बरको बसले रा. ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुबै सवारी साधनसहित बस चालकलाई इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू