छ पटक प्रधानमन्त्री बनेपछि राष्ट्रपतिमा निर्वाचित

छ पटक प्रधानमन्त्री बनेपछि राष्ट्रपतिमा निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आज संसदमा भएको निर्वाचनमा विक्रमासिंघे विजयी भएका हुन् ।

कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री विक्रमासिंघे अन्य दुई जनालाई पराजय गरेर राष्ट्रपति चुनिएका हुन् । उनी यसअघि छ पटक प्रधानमन्त्री बनिसकेका छन् ।

२२५ सदस्यीय श्रीलंकाली संसदमा २२३ जनाले मतदान गरेका छन् । सदर भएको २१९ मतमध्ये दलास अलाहप्पेरूमाले ८२ र अनुरा कुमारा दिस्सानायकेले तीन मत पाएका हुन् । विक्रमासिंघेले १३६ मत ल्याएका छन् ।

कार्यकारी अधिकारसहितको श्रीलंकाली राष्ट्रपति आमनिर्वाचनबाट चुनिने संवैधानिक व्यवस्था छ । तर यस पटक राष्ट्रपति गोटाबाय राजपाक्षे मुलुक छाडेर भागेपछि संसदबाट राष्ट्रपति चुनिएको हो ।

विक्रमासिंघेलाई राजापाक्षेहरूले समर्थन गरेका हुन् । उनलाई यसअघिका राष्ट्रपति गोटवाया राजापाक्षेले दुई महिनाअघि प्रधानमन्त्री नियुक्त गरेका थिए ।

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सर्वसाधारणले नयाँ राष्ट्रपतिलाई समर्थन गर्छन् वा गर्दैनन् भन्ने अन्यौल कायम छ ।

टिप्पणीहरू