बाजुरामा घनघोर वर्षा, बाढीले चार घर बगायो

बाजुरामा घनघोर वर्षा, बाढीले चार घर बगायो

अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । गए रातिदेखि परेको वर्षाले बडिमालिका नगरपालिका २, भौनेराका चार घर बगाएको हो ।

सोही बाढीमा फसेका २३ जनाको उद्धार गरिएको छ । उनीहरुको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ । यस्तै, अम्मराज पण्डित र तर्कराज पण्डितको आधा घर बगिसकेको छ ।

टिप्पणीहरू