ड्राईभरटोलमा कन्टेनरले हानेर मान्छे मार्यो

ड्राईभरटोलमा कन्टेनरले हानेर मान्छे मार्यो

रूपन्देहीमा कन्टेनरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलमा ना.६ ख ४००० नम्बरको कन्टेनरले लु.१५ प ९४८२ नम्बरको मोटरसाइकललाई हिजो दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गैडहवा गाउँपालिका–६ का २१ वर्षीय जितेन्द्र हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय, रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू