टिचिङलाई प्रसूति तथा स्त्री रोग विशेषज्ञ चाहियो

टिचिङलाई प्रसूति तथा स्त्री रोग विशेषज्ञ चाहियो

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले डाक्टर माग गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिले अस्थायी दरबन्दीमा करार सेवामा प्रसूति तथा स्त्री रोग विभागका लागि एक जना चिकित्सक मागेको हो ।

उक्त पदमा योग्यता पुगेका महिला र पुरुष दुवैले आवेदन दिन सक्ने छन् । जसका लागि महिलाको हकमा ४५ वर्ष र पुरुषको हकमा ५० वर्ष ननाघेको हुनुपर्ने छ । साउन १० गते ५ बजेसम्ममा इच्छुक उम्मेदवारले आवेदन बुझाइसक्नु पर्ने जनाइएको छ ।

यस्तै, उम्मेदवारले त्रिवि शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगञ्जको खातामा परीक्षा दस्तुर बापत दुई हजार जम्मा गरेको सक्कल भौचरसहित आवेदन फाराम भर्नुपर्ने अस्पतालले जनाएको छ ।

टिप्पणीहरू