बालुवाटारमा व्यापक प्रहरी परिचालन

बालुवाटारमा व्यापक प्रहरी परिचालन

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार बाहिर सयौं प्रहरी परिचालन गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीको विरोध गर्दै अखिल क्रान्तिकारी, नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियूले आयोजना गरेको प्रदर्शन रोक्न प्रहरी परिचालन गरिएको हो ।

गभर्नर अधिकारी एम. अधिकारीको नाममा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नरको राजीनामा माग्दै गत सातादेखि आन्दोलन गर्दै आएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई भाटभटेनी नजिकै रोकेको छ । नेविसंघ र क्रान्तिकारीको कार्यक्रममा अघिल्लो साताको तुलनामा आज सहभागीको संख्या न्यून देखिएको छ ।

टिप्पणीहरू